कुर्सी हल्लिन्छ कि भन्ने डर छैन : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८०, आईतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले सुशासनको पक्षमा दृढ भएर काम गर्दा सरकार ढल्छ भने कुनैपनि चिन्ता नभएको बताएका हुन् ।‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१