बाँदरले बालीनाली नष्ट गरे राहतको व्यवस्था मिलाइएको छ : प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८०, आईतवार १३:५४

काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजोन क्षेत्रका बासिन्दाको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको जानकारी गराए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१