महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, १० जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०८०, बिहीबार ०७:३०

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति १ बजे दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बस दुर्घटनाका घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका हुरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा परेको बस सडकबाट करिव दुई सय मिटर तल खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१