आफन्तले गरे युवकको हत्या, तीन जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८०, मंगलवार ०७:१८

दोलखा । दोलखामा छोरीको साथमा देखेपछि आफन्तले एक युवकको हत्या गरेका छन्। शैलुङ गाउँपालिका-४ का १८ वर्षीय भीष्म भण्डारीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए।

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शैलुङ गाउँपालिका-५ का पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली छन्। जिल्ला प्रहरी कार्यालय आइतबार घटनाबारे सार्वजनिक गरेको हो।

डिएसपी खड्काका अनुसार पुस ११ गते इश्वरकी छोरी र भीष्‍मसँगै फेला परेका थिए। भीष्मको शव पुस १६ गते शैलुङ गाउँपालिका-५ मा फेला परेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई माघ ७ र ८ गते नै पक्राउ गरेको थियो। तर अहिलेमात्रै घटना सार्वजनिक गरेको हो।

पक्राउ परेका तीन जनाले भीष्मको हत्या गरेको बयान दिइसकेका छन्। प्रहरीका अनुसार भीष्म र नाबालिकाबीच पुस १ गतेमात्रै चिनजान भएको थियो। त्यहीबीच पुस १० गते नाबालिका घरमा एक्लै हुँदा भीष्म पनि त्यहाँ पुगेका थिए।

घर-परिवारले भीष्मलाई देखेपछि खुकुरी प्रहार गरी हत्या गरेको खुलेको हो। ढाडमा खुकुरी प्रहार गरी बेहोस भएपछि घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको हो। परिवारले मापसे गरेको र आवेगमा आएर हत्या गरेको बयान दिएका छन्।

पुस्कर नेपाली नाबालिकाको बुबा हुन्, भने इश्वर ठूलोबुबा र विशाल दाइ पर्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१