प्रचण्डलाई कांग्रेसको जवाफ : हामीसँग गठबन्धन गर्दा असहज छ भने किन टाँसिएर बसेको त ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८०, मंगलवार ०७:१२

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्दराज पोखरेलले माओवादीलाई आफूहरुसँग गठबन्धन गर्दा बेफाईदा भएको हो भने पूनर्विचार गर्न सुझाएका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय कमिटीको बैठकमा कांग्रेससँग गठबन्धन गर्दा लाभ नभएको निश्कर्ष सुनाएका थिए । प्रधानमन्त्री दाहालले अब कांग्रेससँगको गठबन्धनबारे समिक्षा गर्ने बेला आएको पनि बताएका थिए । प्रचण्डको भनाईबारे रिपोर्टर्स नेपाल डटकमले राखेको जिज्ञासामा कांग्रेस नेता पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘माओवादीलाई कांग्रेससँगको गठबन्धन लाभदायक भएन भन्न लाग्छ भने उसले रिभ्यु गर्न सक्छ, किन टाँसिएर बस्नुपर्यो त ? कांग्रेससँगको गठबन्धनमा असहज छ भने जोसँग सहज हुन्छ, त्यसैसँग गठबन्धन गर्दा भयो नि । किन हामीसँग टाँसिएर बस्नुछ ? ।’

उनले आफूहरुले माओवादीसँग सहकार्य गर्नुको मुख्य उद्देश्य भनेको मुलुकलाई सुशासनको बाटोमा डोर्याउनको लागि भएको पनि सुनाए । उनले थपे–‘कांग्रेसले काम गर्न दिएन भनेर त्यही गठबन्धनमा कसरी बस्ने त ? उहाँले सोच्न सक्नुहुन्छ ?’ उनले आफूहरुले माओवादीलाई एमालेसँग वा अरु कोहीसँग गठबन्धन गर भनेर नभन्ने भन्दै जोसँग कुरा मिल्छ उसैसँग गठबन्धन गर्न सुझाएको पनि बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१