अरुणकुमार चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८०, सोमबार १४:११

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य ‘कारबाही’ मा परेका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई हिजो नै मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । जिल्ला न्यायाधीश आचार्यको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो।

अदालतको आदेशानुसार चौधरी माघ २४ गते रिहा भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१