फागुनका लागि फेरि घटाए बैंकहरुले ब्याजदर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८०, सोमबार १२:१६

काठमाडौं । फागुन महिनाका लागि बाणिज्य बैंकहरुले निक्षपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।
सञ्चालनमा रहेका २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ ।एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले फागुनका लागि ब्याजदर स्थिर राखेका छन् । हिमालयन बैंकको ८.१५ प्रतिशत कायम गरिएको छ ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहने छ । माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ०.४० प्रतिशत बिन्दुले घटेको छ ।

माघमा औषतमा बैंकको ब्याजदर ८.१६ प्रतिशत रहेको थियो । फागुनमा औषतमा ७.७५ प्रतिशत रहनेछ । माघ महिनामा ८.१६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७।७५ प्रतिशतबिन्दु कायम हुने भएको छ ।

राष्ट्र बैंकको नियमअनुसार आउँदै महिनाका लागि अघिल्लो महिनाको समान्तमै व्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१