अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८०, सोमबार ०६:५२

काठमाडौं। रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आज पेशी चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भएको हो । जिल्ला अदालतका न्यायधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने आदेश गरेको हो ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो । विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य सुरु भएको थियो । उनी २०७६ कात्तिक २९ देखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१