बुढानीलकण्ठ नगरपालिकामा ल्होछारको भव्य रौनक (फोटो र भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०८०, आईतवार ०६:३४

बुढानीलकण्ठ । “हाम्रो भाषा, संस्कृति र कला सम्पदासम्म मात्र सिमित नभई हाम्रो पुँजि, हाम्रो सम्पत्ति हो” बुढानीलकण्ठमा तामाङहरुको नयाँ वर्ष सोनाम ल्होछारको दिन अलि भिन्न बनेको थियो । ल्होछारको रौनकले बुढानीलकण्ठ नगरपालिकाका सबै जात जाती, समुदाय, तथा नगर वासीहरु विभिन्न लोक सांस्कृतिक गाना तथा नाचमा झुमेका थिए ।

स्थानीय तहमा गुरुङ्ग, शेर्पा, तामाङ्ग (तमु, सोनाम र ग्याल्बो) लगायतको विभिन्न समुदायहरुले संयुक्त रुपमा धुमधामका साथ ल्होछार मनाउन थालिएको यो दोस्रो वर्ष हो।  खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

२८६० औँ सोनाम ल्होसारको अवसरमा नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त सो कार्यक्रम आयोजना गरिएको हो । नगरपालिका प्राङ्गणबाट निस्केको वृहत साँस्कृतिक झाँकी सहितको र्याली गल्फुटार स्थित फुटबल मैदानमा भेला भई वृहत साँस्कृतिक कार्यक्रम र शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष माननीय गणेश तिमिल्सिमाले गर्नुभएको थियो । नगर प्रवक्ता नवराज भट्टराईले सञ्चालन गर्नुभएको उद्घाटन समारोहको अध्यक्षतता उपप्रमुख अनिता लामाले गर्मनुभएको थियो भने अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य माननीय जयराम थापा, दलित आयोग सदस्य माननीय सुन्दर पुर्कुटि, क्षेत्र विकास समिति अध्यक्ष विदुर विक्रम खड्का, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायत नगरपालिका सबै वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

कार्यक्रमको शुरुवात गर्दै उप-प्रमुख अनिता लामाले आफ्नो शुभकामना मन्तव्य मार्फत हामीबिच रहेको हाम्रो सामाजिक मुल्य मान्यता, कला, संस्कृतिहरुलाई प्रवर्द्धन मात्र गर्ने होइन यसलाई हाम्रो पुँजिको रुपमा समेटेर अघि बढ्नुपर्ने र यसमा नगरपालिका प्रतिवद्ध रहेको घोषणा गर्नुभयो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय गणेश तिमिल्सिनाले धर्म सँस्कृति र मौलिकता प्रवर्द्धन र संरक्षण अभियान स्वरुप स्थानीय तहलेनै यस किसिमको रचनात्मक कार्यक्रम आयोजना गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै हाम्रो देश हाल भौतिक विकास साथ-साथै धर्म, सँस्कृति र यहाँका विविधताको उजागर गर्ने अभियानमा रहेको जानकारी दिनुभयो । यहाँको मौलिकतालाई संसारभर चिनाउन यस किसिमको अभियानले मद्दत गर्ने आशा राखेको उहाँले व्यक्त गर्नुभएको थियो ।

बागमती प्रदेश सभा सदस्य माननीय जयराम थापाले नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त सो कार्यक्रम आयोजना गरिएकोमा बुढानीलकण्ठ नगरपालिकालाइ धन्यबाद दिनुभयो ।

औपचारिक कार्यक्रमहरु सँगसँगै नगरपालिकाका विभिन्न स्थान तथा समुहहरुद्वारा आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु समेटिएका थिए ।

बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको ल्होछारको भव्य रौनक हेर्नुस यो भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१