राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८०, शनिबार ०८:००

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् । यस्तै नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय प्रक्रिया पुरा भइसकेको थियो । पोर्चुगलमा नेपाल सरकारले पहिलो पटक दूतावास खोलेर राजदूत पठाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१