ग्रिनसिटी अस्पतालको अबलोकनमा कोरियाली राजदूत थेयङ् पार्क

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८०, शुक्रबार ०७:१६

काठमाडौं । कोरियाली राजदूत थेयङ् पार्कले कोरियाली सरकार नेपालको स्वास्थ्य, शिक्षा र रोजगार जस्ता बिषयमा निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । बसुन्धरा स्थित ग्रिनसिटी अस्पतालको अबलोकन भ्रमणका क्रममा कोरियाली राजदूत थेयङ्ले कोरियाली सरकारले नेपालका लागि स्वास्थ्य, शिक्षा, रोजगार, बिकास र समृद्धिका लागि जसरी सहयोग गरिरहेको छ त्यो सहयोग आगामी दिनमा थप बढाउने स्थितिमा रहेको जानकारी गराउनुभएको छ ।

राजदूत थेयङले ग्रिनसिटी अस्पतालले सेवाभावका हिसावले असहाय, आर्थिक स्थिति कमजोर भएका र अति जोखिम स्थितिका बिरामीलाई सहयोग गरेको जानकारी पाएर नै आफू अस्पतालको अबलोकनमा आएको उल्लेख गर्नुभयो । उहाँले आफूले अस्पतालका बारेमा पाएको जानकारी अस्पतालमा आएपछि जे देखियो त्यो अझै उच्चस्तरको रहेको बताउनुभयोgreen-1707285039.jpg

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफू केही बर्ष अगाडि कोरिया बस्दा कोरियामा काम गर्ने शैली र प्रबृत्ति अति उत्तम भएको देखेर वा अनुभवका आधारमा पनि आफूले स्वास्थ्य क्षेत्रमा हात हालेको जानकारी गराउनुभएको थियो । राजदूत थेयङ् पार्कले कोरियाको सिकाइवाट अस्पताल संचालनमा सफलता हासिल गरकोमा अस्पताल परिवारप्रति आभार ब्यक्त गर्नुभएको भयो ।

अबलोकन भ्रमणका अबसरमा अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङ, मेडिकल डाइरेक्टर डा रोमियो कंसाकार, अफिनका अध्यक्ष डा पदम खड्का, प्रशासन प्रमुख मनिक दवाडी, प्रवीन टण्डन, उमेश श्रेष्ठ, ओमबिकास निरौला, बरिष्ठ पत्रकार टंक पन्त, कोरियन दूतावासका उच्च अधिकारी शिव पोखरेलले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था र अपेक्षाबारे जानकारी गराउनुभएको थियो ।

7-1707281894.jpg5-1707281893.jpg

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१