बूढानिलकण्ठले सोनाम ल्होछार मनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८०, शुक्रबार ०७:०५

बूढानीलकण्ठ। बूढानीलकण्ठमा यस वर्ष  सोनाम ल्होछार मनाउने भएको  छ । नगरपालिकाका सबै जातजाती, समुदाय, तथा नगरवासीहरु विविध लोक सांस्कृतिक गाना तथा नाच हुने आयोजकले बताए  ।

सोनाम ल्होसारको अवसर पारेर बु.न.पा नगर उप-प्रमुख अनिता लामाको संयोजक्त्वमा नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा यहाँका धार्मीक तथा जातिय सांस्कृतिक विविधतालाई झल्काउने र प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिए ।

औपचारिक कार्यक्रमहरु सँगसँगै नगरपालिकाका विभिन्न स्थान तथा समुहहरुद्वारा आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, किराँत राई यायोक्ख, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु समेटिने भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१