बुढानिलकण्ठ वडा नं ७ मा किशोरकिशोरीको लागी क्षमता अभिबृद्धि सम्बन्धि उत्प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८०, बुधबार १८:०२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ७  को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा  आयोजित किशोरकिशोरीको लागी क्षमता अभिबृद्धि सम्बन्धि उत्प्रेरणामुलक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।

वडा न ७ स्थित टी.आई.ए. स्कुलको सभाहलमा भएको कार्यक्रममा  किशोरकिशोरीको लागी  क्षमतामा विकास गराउन तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपाने र केदार प्रसाद देबकोटाले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।बुढानिलकण्ठ नगरपालीका वडा न ७ का वडा अध्यक्ष बस नारायण महर्जन सहित वडा सदस्य राममाया महर्जन ,अनिता मिजार ,झपट बहादुर कार्की ,सावित्री ढकाल भट्टराई  उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा केदार प्रसाद देबकोटाले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । स्कुलका प्राध्यापक सहित शिक्षकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम वडा सचिव राजन पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्ष सहजीकरण बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले गर्नुभएको थियो ।  कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालीका वडा न ७ का वडा अध्यक्ष बस नारायण महर्जन र बिशेष अतिथि वडा सदस्यहरु रहनुभएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालीकाका आर्थिक प्रशासन महाशाखा प्रमुख  केदार प्रसाद देबकोटा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो भने अर्का प्रशिक्षक राजेन्द्र प्रसाद न्यौपाने बिशेष प्रशिक्षणमा रहनुभएको थियो ।कार्यक्रममा केदार प्रसाद देबकोटाले युवामा उत्साह र हौसला जागेको, समाजमा सकारात्मक प्रभाव परेको तथा अन्य व्यक्ति निकायले पनि त्यस्तो कार्यको अनुकरण गरेको कार्य सम्बन्धि  प्रावधानबारे , प्रशिक्षण प्रदान गर्नुभएको थियो  । दोश्रो सत्रमा  प्रशिक्षक राजेन्द्र प्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । किशोरकिशोरीको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त,  सहभागितामूलक सिद्धान्त, नेपालको किशोरकिशोरीको अवस्था, बर्तमान समयमा हुनुपर्ने किशोरकिशोरीका बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।किशोरकिशोरीको क्षेत्रमा उत्कृष्ट काम गर्न  वा सो क्षेत्रमा सिर्जनशील, उद्यमशीलता, रोजगारी, अविष्कार, अन्वेषण, अनुसन्धान गरी तथा अन्य कसैले गरेको आविष्कार र अनुसन्धानबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान दिएका सक्षम किशोरकिशोरीको लागि सम्बन्धित तालिम संचालन गरिएको वडा सदस्य र वडा सचिवले जानकारी गराउनु भएको  थियो ।कार्यक्रममा  वडा अध्यक्ष बस नारायण महर्जनले दृढ इच्छाशक्ति र संकल्पलेनै किशोरकिशोरीलाई सफल र शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी २०५  जना सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

              

      

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१