प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका अमरेशले सुरुमै गंगा दाहालसँग माफी मागे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८०, बुधबार ०७:१५

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगा दाहालबारे मिडियामा विभिन्न आरोप लगाएर चर्चामा आएका सांसद सिंहले आज (मंगलबार) प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँग हिजो संसद् भवनमा भेट हुँदा एकचोटी भेट्नको लागि बिन्ती गरेपछि आज दाहालले सिंहलाई भेट दिएका हुन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा सिंहले प्रधानमन्त्री दाहालसँग विभिन्न विषयमा भलाकुसारी गरेका हुन् ।

सुरुमा सिंहले प्रधानमन्त्री दाहालकी छोरी गंगासँग माफी मागेको स्रोतको दाबी छ । गंगाले आफूले प्रधानमन्त्री दाहाललाई सफल बनाउनको लागि सचिवालयमा बसेर काम गरेको भन्दै किन अनावश्यक आरोप लगाएको भनेर जिज्ञासा राखेकी थिईन् ।

दाहालको जिज्ञासा भुईंमा खस्न नपाउँदै सिंहले आफूले प्रधानमन्त्री दाहालसँग भेट्न नपाएको र शान्ति प्रक्रियाको लागि आफूले खेलेको भूमिकाको मूल्यांकन नभएको कारण आवेशमा आरोप लगाएको भन्दै माफी मागेको स्रोतको दाबी छ ।

सर्लाही–४ बाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका डा. सिंह चर्चामा आइरहने नेताको रुपमा चिनिन्छन् । उनी ०७९ साल पुष १० गते प्रचण्ड एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बन्दा प्रचण्डको साथमा उभिएका थिए ।

कतिपयले प्रचण्डले आफूलाई मन्त्री बनाउने वचन दिएरपनि नबनाएकोले सिंहले अहिले आक्रोश पोख्ने गरेको भनेर पनि दाबी गर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१