बेलायतका राजा चार्ल्सलाई क्यान्सर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८०, मंगलवार ११:५६

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । सोमबारदेखि राजा चार्ल्सको स्वास्थ्य परीक्षण सुरू गरिएको थियो। बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो । ७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर लागेको भन्ने खुलेको छैन। चार्ल्सलाई सोमबारदिख चिकित्सकको निगरानीमा राखिएको छ। आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ ।

क्यान्सरबारे चार्ल्स आफैंले आफ्ना दुवै छोरालाई जानकारी गराएका थिए। अमेरिकामा रहेका राजकुमार ह्यारी उक्त खबरपछि बेलायत फर्किने लागेका छन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१