ल्यारक्याललक्षित ओलीको अभिव्यक्तिः जङ्गिँदै भने, ‘बुलेटले केही पनि बचाउँदैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०८०, आईतवार ०८:५३

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गलत उद्देश्यका साथ लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने सम्झौता भएको बताएका छन् । शनिबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बैंकको लकरमा बुलेट राखेकाहरुलाई कोषको उपाध्यक्ष बनाउनुको कारण खुल्दै गएको बताए । उनले बुलेटले केही चिजलाई पनि नबचाउने उनको टिप्पणी छ ।

‘बुलेट भनेको त थाहा होला नि ? बुलेट कुनै औषधि होईन । बुलेटले केही पनि बचाउँदैन । बुलेटले कसैको पनि उद्दार गर्दैन । बुलेटले मार्ने, विनास गर्ने काम गर्छ । बुलेटमात्रै कसैले बोकेर हिँड्दैन विना पेस्तोलको । पेस्तोल खोई ?’ उनले भने ।

विवादित छविका ल्यारक्याल लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोषको उपाध्यक्षमा नियुक्त गरेका थिए । ल्यारक्याल लामाले भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१