बुढानीलकण्ठ-२ मा ४ जना जनप्रतिनिधिकै हस्ताक्षर किर्ते !वडा सदस्य असंतुस्ट,नगरमा निवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० माघ २०८०, शनिबार ०८:०७

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा गठन प्रति चार जना वडा सदस्यहरुले असहमति जनाएका छन।

माघ १९ गते नगर प्रमुख मिठाराम अधिकारीलाई निवेदन बुझाउदै वडा सदस्यहरु बिनोद लामिछाने , राजकाजी श्रेष्ठ ,पार्वती श्रेष्ठ र सीता सुनारले वडा समितीको २०८० जेठ २२ गतेको निर्णय त्रुटीपूर्ण रहेको बताएका छन।

सो दिन भएको विद्यालय व्यवस्थापन समितिमा गठन सम्बन्धी निर्णयमा आफुहरुको सहमती र समर्थन नरहेको र त्यसमा किर्ते हस्ताक्षर भएको  भन्दै उनीहरूले छानबीनको माग समेत गरेका छन। उनीहरूले निवेदनमा किर्ते गर्नेमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

४ जना निर्वाचित जनप्रतिनिधिले प्रमाणसहित दिएको निवेदनमा विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोटजस्तो गम्भीर विषय प्रस्तावमा नराखी छलफल नगराइ जालसाझीपूर्ण रूपमा गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा वडा समितिको निणर्य बमोजिम प्रतिनिधि छनोट गरियो भनि फर्जी निर्णय गराई फर्जी पत्राचार गरी विद्यालय व्यवस्थापन समिति गरिएको हुँदा किर्ते हस्ताक्षर गर्ने गराउनेलाई हदैसम्म कार्बाही गरी विद्यालय व्यवस्थापन समिति विधिसम्मत ढंगले पुनः गठन गर्न अनुरोध गरिएको छ ।

गत जेठ २२ गते ५ वटा विषयमा विद्यालय व्यवस्थापन समितिको कुरा उल्लेख नगरी बिबिध शीर्षकमा निणर्य नं ६ भनेर सो विषय समेटेर निणर्यको अन्तिममा ‘गणेश माविको व्यवस्थापन समितिमा यस वडाबाट वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र सदस्यहरुमा मोहनप्रसाद लामिछाने र निशा बराललाइ छनौट गरि पठाउने निर्णय गरियो ।’ भनेर लेखिएको विषय नै किर्ते हस्तक्षरसँग सम्बन्धित रहेको ४ जनै वडा सदस्यको दावी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१