बुढानिलकण्ठ नगरपालिका वडा नं ८  को युवा बिद्यार्थी प्रोत्साहन सम्वन्धी २ दिने अभिमुखीकरण तालिम सम्पन्न(फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८०, शुक्रबार १९:४०

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ८  को आयोजना तथा शुभम मल्टिमिडियाको सहजीकरणमा  आयोजित दुई  दिने युवा बिद्यार्थी प्रोत्साहन सम्वन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

वडा नं ८  को महांकाल जनजागृति माबीको सभाहलमा भएको कार्यक्रममा  युवा बिद्यार्थीहरुलाई क्षमतामा विकास गराउन तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपाने र केदार प्रसाद देबकोटाले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वडा अध्यक्ष सुमन तामांग सहित वडा सदस्य सबिन अधिकारी,गोमा मंग्ररान्ति र बिनोद थापाको  उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा राजेन्द्र प्रसाद न्यौपानेले युवा बिद्यार्थी प्रोत्साहन विकास र यसका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो । केदार प्रसाद देबकोटाले युवामा उत्साह र हौसला जागेको, समाजमा सकारात्मक प्रभाव परेको तथा अन्य व्यक्ति निकायले पनि त्यस्तो कार्यको अनुकरण गरेको कार्य सम्बन्धि  प्रावधानबारे ,  प्रशिक्षण प्रदान गर्नुभएको थियो  । देबकोटाले युवाको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त,  सहभागितामूलक सिद्धान्त, नेपालको युवाको अवस्था, बर्तमान समयमा हुनुपर्ने युवा लयायतका बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा प्रशिक्षकले चर्चा गर्नुभएको थियो ।

युवाको क्षेत्रमा उत्कृष्ट काम गर्न  वा सो क्षेत्रमा सिर्जनशील, उद्यमशीलता, रोजगारी, अविष्कार, अन्वेषण, अनुसन्धान गरी तथा अन्य कसैले गरेको आविष्कार र अनुसन्धानबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान दिएका सक्षम युवा, युवा समूहलाई युवा प्रोत्साहनको लागि सम्बन्धित तालिम संचालन गरिएको वडा सदस्यहरुले जानकारी गराउनुभएको  थियो ।

त्यस्तै  पत्रकार  मुकुन्द कुमार ढुंगानाले निरन्तर सिकाई तथा अभ्यासले मानिसलाई पूर्णता तिर लैजाने हुनाले सिकाइमा जोड दिन अनुरोध गर्नु भयो भने वडा अध्यक्ष सुमन तामांगले दृढ इच्छाशक्ति र संकल्पलेनै मानिसलाई सफल र शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१