आज माघ १९, उन्नाइस वर्षअघि राजनीतिक ‘कू’ भएको दिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८०, शुक्रबार ०७:२१

काठमाडौं । आज माघ १९, अर्थात १९ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए ।उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । यही पृष्ठभूमिमा भएको जनआन्दोलनले अढाइ सय वर्षको राजतन्त्र फालेको थियो ।

यही जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्न सफल भयो । त्यसबेला राजाले राजनीतिक अधिकार खोस्दै मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेका थिए । त्यसबेला टेलिफोन लाइनहरु काटिएका थिए भने सञ्चारगृहहरुमा सेना परिचालन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१