बुढानीलकण्ठ नगरपालिकामा नवगठित समितिका पदाधिकारीहरुको नियुक्ति तथा सपथ ग्रहण समारोह सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०८०, बिहीबार ०७:००

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा नवगठित बुढानीलकण्ठ क्षेत्र विकास समिति, विषय विज्ञ रोष्‍टर, नगर स्वास्थ्य बिमा समिति तथा कपन बहुमुखी क्याम्पस सञ्‍चालक समितिका पदाधिकारीको मनोनयन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

माघ १७ गते  बुढानीलकण्ठ नगरपलिकाको सभाहलमा आयोजित एक समारोह बिच बुढानीलकण्ठ क्षेत्र विकास समितिका नव नियुक्त अध्यक्ष बिदुर बिक्रम खड्का र अन्य सदस्यहरुले पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएपछि खड्काले नव गठित सदस्यहरु; सदस्य-सचिव राजेन्द्र खड्का, राजु अधिकारी, ज्ञानकाजी श्रेष्ठ, गणेश कुँवर, रामजी उपाध्याय, नारायण दुलाल, मंजु बस्नेत थापा र सुशील महर्जनलाई आजै सपथ ग्रहण गराउनुभएको थियो ।

 

यस्तै, कपन बहुमुखि क्याम्पसका सञ्चालक समितिका अध्यक्षमा नगर प्रमुख मिठाराम अधिकारी चयन हुनुभएको छ भने उपाध्यक्षमा उपप्रमुख अनिता लामा र कमल गौतम चयन भएका छन् । क्याम्पस सञ्चालक समितिको सदस्यमा पुर्व उपप्रमुख रमा देवी राई , वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , केदारराज पुडासैनी ,माधव प्रसाद आचार्य र विष्णु शर्मा चयन भएको समितिका सबै पदाधिकारीहरुलाई समिति अध्यक्ष एवं नगर प्रमुख मिठाराम अधिकारीले  नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।

नगर प्रमुख मिठाराम अधिकारीले विषय विज्ञ रोष्‍टर सदस्य खड्‍ग बहादुर श्रेष्‍ठ, रामकृष्‍ण सापकोटा, ईश्‍वरी पराजुली खनाल, त्रिलोचन आचार्य, बम बहादुर मोक्तान, अधिवक्ता किरण शाह (ठकुरी) र श्रीकृष्ण श्रेष्‍ठलाई नियुक्ति पत्र दिनुभएको छ ।

सोहि समारोह मार्फत नगर स्वास्थ्य बिमा समितिका नवमनोनित सदस्य एवं वडा नं ०९ अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डे, कमला पन्त लगायत गिता मिश्र पुडासैनिलाई नगर प्रमुख मिठाराम अधिकारीले खादा ओडाई सम्मान गर्नुभएको थियो ।

नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

विभिन्न चरणको वैठक र गहन छलपल पश्चात गठन भएको समितिहरुमा विज्ञ पदाधिकारीहरु रहेको जानकारी दिँदै नगर प्रमुख मिठाराम अधिकरीले समितिहरुलाई आफ्नो काम र कर्तव्य कार्यान्वयन गर्न र गराउन नगरपालिकाको साथ र सहयोग सधै रहने बताउनुभयो ।

उपप्रमुख अनिता लामाले समारोहमा शुभकामना मन्तव्य राख्दै विधिवत अनुशन्धान पश्चात समितिहरुमा विषय विज्ञ व्यक्तित्व चयन गरिएको र उहाँहरुबाट परिवर्तनको आश गरेको बताउनुभएको छ ।

सपथ ग्रहण पश्चात बोल्दै बिदुर बिक्रम खड्काले बुढानीलकण्ठ मन्दिर सहित क्षेत्र विकास समिति अन्तर्गत रहेका सांस्कृतिक र धार्मिक सम्पदाहरुको संरक्षण ,सम्वर्धन र प्रवर्धनको नेतृत्व गर्दै आफ्नो कार्यकालमा मन्दिरको मुहारनै फेर्ने एवं हरेक पक्षमा बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै, कपन बहुमुखि क्याम्पसका सदस्य एवं नगर प्रवक्ता नवराज भट्टराईले कपन बहुमुखि क्याम्पसको भौतिक एवं शैक्षिक विकास र परिवर्तमा निरन्तर लाग्ने बताउनुभएको छ । उहाँले नगरपालिकामा सबैले स्नातक तह सम्मको पढाई गर्न पाउने वातावरण बनाउने कुरा जोड्दै अन्य पाठ्यक्रमको विकास मार्फत कपन बहुमुखि क्पाम्पसलाई देशकै नमुना क्याम्पसमा परिणत गर्न यो समिति अघि बढ्ने बताउनुभयो ।

समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका लगायत नव गठित समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१