गठबन्धन दलको निश्कर्षः कोशीको मत परिणाम अप्रत्याशित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०८०, बुधबार ०६:५६

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको मत परिणाम अप्रत्याशित भएका प्रारम्भिक निश्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको बैठकले कोशीको रिजल्ट अप्रत्याशित र चिन्ताजनक रहेको प्रारम्भिक निश्कर्ष निकालेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘राष्ट्रिय सभा निर्वाचनको विषयमा र खास गरेर परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ । प्रारम्भिक विश्लेषण भएको छ । अझ फेरि हामी बस्ने कुरा नेताहरुले गर्नु भएको छ । कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौं । त्यो विषयलाई लिएर छलफल भएको छ । समग्रतामा अरु प्रदेशको पनि छलफल भएको छ । राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर प्रारम्भीक रुपमा गम्भीर छलफल भएको छ । कोशीमा जुन अप्रत्याशित रुपले रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसबारेमा अझ छलफल गर्ने निर्णय भएको छ,’– बैठकपछि सञ्चारकर्मीलाई निर्णयहरु जानकारी गराउँदै नेता लेखकले भने ।

गठबन्धनले १९ जनानै साझा उम्मेदवार हुन् भनेर उम्मेदवार बनाइसकेपछि यो पार्टीको र त्यो पार्टीका उम्मेदवार भन्ने सवालनै नरहेको उनले बताए । नेता लेखकले कोशीमा कांग्रेसका जनप्रतिनिधिहरुले घात गरे भन्ने कुरामा कुनै सत्यता नरहेको र नेताहरु अहिले नै त्यो निश्कर्षमा पुगिनसकेको बताए । उनले गोप्य मतदान भएकाले त्यसरी दोष लगाउनु उपयुक्त नहुनेसमेत बताए ।

कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१