टोखा नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौतामा हस्ताक्षर सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०८०, मंगलवार ०७:२६

काठमाडौं।  चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र टोखा नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। टोखा नगरपालिका भित्रका अधिकतम दस जना विद्यार्थीहरु छात्रवृत्ति सहुलियतमा प्लस टु को अध्ययनको अबसर प्रदान र टोखा नगरपालिका भित्रको शैक्षिक बिकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने, नगरपालिका भित्र संचालन हुने शैक्षिक बिकासका कार्यक्रमहरुमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने, टोखा नगरपालिकामा संचालित विधालयमा शैक्षिक गुणस्तर अभिबृद्धि र अनुकुल शिक्षण सिकाई वातावरण निर्माणका लागि शिक्षक तालिम र बिद्यार्थी परामर्श जस्ता कार्यक्रम संचालन गर्न सहजीकरण र सहयोग गर्ने लगायतका बिषयमा द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी,प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी र प्रमुख शिक्षा अधिकारी बाबुराम गौतम, मनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। द्वीपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, फाइनान्स डिरेक्टर मीन कुमार मोक्तान, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिका अध्यक्ष दिलमाया तामाङ लगायतको उपस्थिति रहेको थियो। टोखा नगरपालिकाको सिफारिसमा जेहेन्दार, बिपन्न तथा लक्षित बर्गका एस ई ई उतीर्ण गरेका अधिकतम दस जना विद्यार्थीहरुलाई प्लस टु को अध्ययनको लागि निशुल्क सेवा प्रदान गर्ने र टोखा नगरपालिका भित्र शैक्षिक स्तर अभिबृद्धि गर्न शिक्षक तालिम एबम विद्यार्थी परामर्श कार्यक्रम संचालन गर्न मनास्लु वर्ल्ड कलेजको तर्फबाट सहभागिता रहने बारेमा दुई तर्फी सम्झौतामा हस्ताक्षर भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१