ल्हारक्याल लामाले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन नगरपालिकाले काट्यो पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०८०, मंगलवार ०७:१७

काठमाडौँ ।  बुढानीलकण्ठमा सार्वजनिक जमिन अतिक्रमण गरेर बसेका ल्हारकेल लामालाई हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले प्रक्रिया अघि बढाएको छ ।  बुढानीलकण्ठ नगरपालिकाले लामालाई आफ्नो जग्गा के कति हो ? भनेर विवरण उपलब्ध गराउ पत्र काटेको हो ।

नगरपालिकाले आइतबार लामालाई पत्र काटेर हडपिएको भनिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेस गर्न भनेर पत्र काटेको हो । बुढानीलकण्ठ नगरपालिकाका पठाएको पत्रमा उल्लेख छ, “तपाईंको स्वामित्वमा रहेको साबिक चपली-८ ‘क’ र हालको बुढानीलकण्ठ नगरपालिका-२ कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिन।” पत्रमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को सिट नम्बर १०२०९०७-१० अन्तर्गतको कित्ता नम्बर २६ को जग्गासँगैको सार्वजनिक जग्गाबारे यकिन विवरण उपलब्ध गराउन भनिएको छ।

लामालाई पत्र काटेपछि हडपिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने पहल सुरू भएको छ । पहिलो चरणमा पत्रमात्र काटिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले यथाशक्य विवरण उपलब्ध गराउन भनिएको उल्लेख गर्दै मागेको विवरण उपलब्ध नगराए कानूनी प्रक्रियामा अघि बढ्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१