वडा अध्यक्ष खड्काको पहलमा ईटालिटार सडक खोलियो, बाटो चौडाई ठेक्काको यथार्थ के हो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०८०, सोमबार ०७:३७

काठमाडौँ  ।  बुढानीलकण्ठ वडा नं ०६ ईटालिटार स्थित बाटो चौडाई गर्ने क्रममा उक्त क्षेत्रमा परेका केहि पर्खालहरु नगरपालिकाको नेतृत्वमा बुढानीलकण्ठ प्रहरी प्रभाग, नगरप्रहरी र डोजर परिचालन गरी भत्काईएको छ ।

वडा अध्यक्ष रवि खड्काका अनुसार ईटालिटार मुख्य सडकबाट पासिकोट हुँदै टोखा नगरपालिका विष्णुमति पुल सम्म जोड्ने २० फिटको बाटो स्तरिकरणको लागी आ.व. २०७७/७८ सालमा टेन्डर भई हाल सम्म कार्यनवयनमा समस्या आईरहेको अवस्थामा उक्त कदम चालिएको हो ।

टेन्डरको विवरणः बुढानीलकण्ठ नगरपालिकाबाट वडा नं ०४ र ०६ को महत्वपुर्ण भुभाग जोड्ने ईटालिटार देखि पासिकोट हुँदै टोखा विष्णुमति पुल सम्मको सडक बाटो साँघुरो भएको कारण स्थानीयले आवतजावतमा निकै सास्ति भोगिरहेको अवस्थामा यसलाई चौडाई गरी ६ मि. बाटो निर्माण गर्ने स्थानीयको माग अनुसार ६ मि. फिटे बाटो निर्माणको लागी २०७८/०७/१६ गते ज्वालामाई/ झरना जे.वि.  कम्पनि सँग लागत १,१५,०७,९४६ रुपैयाँमा सम्झौता भएको थियो । नगर प्रमुख मिठाराम अधिकारीको अनुसार उक्त टेन्डर कार्यनवयनको चरणमा आईपुग्दा टोखा विष्णुमति पुल देखि सुरुभई पासिकोट हुँदै लुडेखोला नयाँ पुल सम्मको बाटो चौडाई गर्ने कार्य सम्पन्न भईसकेको छ ।

वडा नं ०४ पासिकोटमा पर्ने क्षेत्रको सडकमा कालोपत्रे समेत भईसकेको वडा अध्यक्ष श्री राम के.सी. ले जानकारी दिनु भएको छ । यसै क्रममा बाटो ईटालिटार पुलबाट ईटालिटार चोक सम्म चौेडाई गर्ने क्रममा त्यहाँका केहि स्थानीय वासिन्दाहरुले असहमति जनाएको अवस्था भएको कारण टेन्डरको काम स्थगित भएको थियो ।

टेन्डर किन रोकियो ?  टेन्डर कार्यन्वयनको चरणमा रहँदा ईटालिटार लुडेखोला पुल देखि चोक सम्म चौडाई गर्ने क्रममा त्यहाँका वासिन्दाहरुले २० फिटे बाटो कायम गराउन आफ्नो घर-जग्गाको केहि भाग पर्खाल भत्काउन पर्ने अवस्था सिर्जना भयो । सोहि निर्णय सँग उहाँहरुको असहमति रहे पश्चात टेन्डर अघि बढ्न नसकेको वडा अध्यक्ष रवि खड्काले जानकारी दिनुभयो । टेन्डर पूनः कार्यनवयन गर्नका लागि के-कस्ता प्रयास भए?  टेन्डरलाई पूनः कार्यनवयन गर्नका लागी उक्त क्षेत्रका उपभोक्ता समितिहरु सँग विभिन्न चरणका वैठकहरु गर्दै आएको अध्यक्ष खड्काले बताउनुभयो ।

बैठकको क्रममा पटक पटक बसेको बैठकमा सरोकारवालाहरु सहित नगर प्रमुख मिठाराम अधिकारीको समेत उपस्थिति  रहेको थियो, उहाँले जोड्नुभयो, ” हामिले सहमतिमा ल्याउनको लागि निकै प्रयास गरे पश्चात उक्त क्षेत्रमा पर्ने घर-जग्गाहरु मध्य ८० प्रतिशत घर-जग्गा धनिहरुले सहमति जनाएको र नगरपालिका र उनिहरु विच घरधनी आफैले पर्खाल भत्काउने सम्झौता भयो”। सम्झौतामा भत्काईएको पर्खालको पूनः निर्माणको जिम्मा नगरपालिकाले लिने जनाईएको छ, खड्काले जानकारी दिनुभयो ।

माघ १२ गते बल प्रयोग गरी पर्खाल किन भत्काईयो ?

यस क्रममा अझै २० प्रतिशत घर धनिहरुले असहमति जनाईरहेको अवस्था भए पछि फेरी पनि काम अघि बढाउन सकिएन । माघ ३ गते नगर प्रमुख सो घर-जग्गा धनिको घर- घरमै गई अनुरोध गर्दा समेत उनिहरुबाट सहमति नपाए पछि माग १२ गते नगर प्रमुख, उपप्रमुख , वडा नं ०६ अध्यक्ष, वडा नं ०४ वडा अध्यक्ष, वडा सदस्यहरु र सुरक्षा निकायहरुको उपस्थितिमा डोजरले पर्खाल भत्काएको खड्काले जानकारी दिनुभयो । उक्त कार्यमा कुनै पनि किसिमको मानविय क्षति नभएको उहाँले जोड्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१