बुढानीलकण्ठ वडा नं ९ मा मनोविमर्श सेवा केन्द्र सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०८०, सोमबार ०७:०९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा  मनोविमर्श सेवा केन्द्र औपचारिक रुपमा सुरु भएको छ ।

समुदायभित्रका व्यक्ति तथा मनोसामाजिक समस्यामा रहेका परिवारका सदस्यहरुलाई तथा अन्य आवश्यक व्यक्तिहरुका लागि लक्षित गरि मनोसामाजिक सहयोग, मनोसामाजिक समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने तथा शान्त र भावनात्मक समाजको निर्माण गर्ने उदेश्यका साथ मनोविमर्श सेवा केन्द्र संचालनमा ल्याएको हो ।

वडा नं. ९ ले जेष्ठ नागरिक भत्ता वितरण कार्यक्रमका सन्दर्भमा मनोविमर्शलाई विशेष प्राथमिकतामा राखेर औपचारिक रुपमा सेवा कक्षको सञ्चालन गरेको जानकारी वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठीले दिएकी छन् । बुढानिलकण्ठ नगरपालिका, जनसंख्या तथा सामाजिक समावेशिकरण महाशाखाअन्तर्गत नगरभित्रबाटै १० जनालाई मनोविमर्शकर्ताको तालिम दिई बिगत २ वर्ष देखि मनोविमर्शकर्तालाई स्वंयसेवकको रुपमा वडामा परिचालन गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१