टोखा वडा नं. ६ को खानपान,पोषण र जिबनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न (फोटो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८०, आईतवार १८:३२

काठमाडौं । खानपान र पोषण जिबनशैली सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं ६ को आयोजना तथा शुभम मल्टिमिडियाको सहजीकरणमा आयोजित खानपान ,पोषण र  जिबनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम बारे जानकारी गर्ने उदेश्यले स्वास्थ्यमा आफ्नो अधिकार बिशेष खानपान तनाब व्यबस्थापन पारिवारिक शक्ति र सकारात्मक सोचको बिकास इत्यादि सम्बन्धि बिशेष खानपान,पोषण र जिबनशैली सम्बन्धि कार्यक्रम तालिम सम्पन्न भएको हो  ।

टोखा नगरपालिका वडा नं ६ को अध्यक्ष शान्ता खनालको  अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका नगरउपप्रमुख मुरारी तामांग वडा  सदस्यहरु,वडाका  स्वास्थ्य इन्चार्ज  लगायत सम्बन्धित शाखा प्रमुख तथा वडा सचिव लगाएत सरोकारवालाहरु सहित कर्मचारीहरु र वडाबासीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण शुभम मल्टिमिडियाले गरेको थियो ।

टोखा नगरपालिका वडा नं ६ को सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामांग,सभाअध्यक्ष वडा ६ कि अध्यक्ष शान्ता पौडेल ,कार्यक्रम सहजीकरण शुभम मल्टिमिडियाका अध्यक्ष मुकुन्द ढुंगाना वडा सदस्य तन्जु लुइँटेल,ममता सुनार बिक ,चन्द्र प्रकास श्रेष्ठ,बलराम राउत  लगाएत १०२  वडाबासि  महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
खानपान,पोषण र जिबनशैली सम्बन्धि आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा मिरा शाहले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । भने नगरपालिका स्वास्थ्य शाखाबाट प्रशिक्षक रिना खुलालले पहिलो सेसनको प्रशिक्षण  प्रदान गर्नुभएको थियो।

सो कार्यक्रमको संचालन पत्रकार अनिल अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य सभाअध्यक्ष वडा ६ कि अध्यक्ष शान्ता पौडेलले गर्नुभएको थियो । पौडेलले वार्षिक,आबधिक तथा क्षेत्रगत निति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्राथमिकताका साथ समाबेस गरी पोषणमैत्रि कार्यक्रमलाई प्रवाहिकरण गर्ने साथै निशुल्क तथा गुणस्तरिय उपचारका लागि आफु निरन्तर लाग्ने समेत बताउनुभयो ।

कार्यक्रमको  प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामांगले खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोणवाट सम्वेदनशील विपन्न घर परिवार र ब्यक्तिहरुको जिविकोपार्जन तथा खाद्य र पोषण स्थितिमा सुधार ल्याउनु यस कार्यक्रमको  प्रमुख लक्ष्य रहेको बताउनुभयो । तामांगले कृषि तथा पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व वढाई खाद्यान्न तथा पौष्टिक खाद्य पदार्थको उपलब्धता र पहुँच बढाउनुका साथै खाद्य पोषण सम्बन्धि आनिवानिमा परिवर्तन ल्याई लक्षित वर्गको समग्र खाद्य तथा पोषण बिषयमा जानकारी राख्नुपर्नेमा सबैले जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रमको समापन वडा सदस्य तन्जु लुइँटेलले गर्नुभएको थियो । 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१