टोखा नगरपालिका वडा ४ को सार्वजनिक सुनुवाई सम्पन्न (फोटो र भिडियो हेर्नुस)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८०, आईतवार ०७:२५

काठमाडौं । टोखा  नगरपालिकामा वडा ४ को  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  छ । वडा ४ ले आर्थिक वर्ष ०८०/०८१ प्रारम्भ भएदेखि हाल सम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

टोखा  नगरपालिकामा वडा ४ ले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गर्ने गरेको टोखा  नगरपालिकामा वडा ४  का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ  र वडा सचिब रमिला बोहोराले बताउनुभयो । कार्यक्रम मार्फत उहाँले आ.व. २०८०/८१ श्रावण महिना देखि हाल सम्म भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको बृस्तूत  विवरण पेश गर्नुभएको थियो ।

कार्यक्रममा टोखा  नगरपालिकामा वडा ४ ले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा १७ जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

नागरिकहरु बाट प्राप्त भएका गुनासाहरु वडा ४  का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ वडा सदस्यहरु,  वडा सचिब ,स्वास्थ्य इन्चार्ज ,वडाका प्राबिधिकले  सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आएका सुझाबहरुको उच्च मुल्याङ्कन गर्दै वडाको गतिविधीलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न मद्दत पुग्ने टोखा  नगरपालिकामा वडा ४  का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताँउनुभएको छ ।

टोखा  नगरपालिकामा वडा ४  का अध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्भथितिमा भएको कार्यक्रममा वडा सदस्य,कर्मचारी लगाएत   प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार , तथा सरोकारवालाका साथै स्थानीयको बाक्लो पस्थिती रहेको थियो ।

टोखा  नगरपालिका वडा ४  को आयोजनामा भएको कार्यक्रमको सहजीकरण  शुभम मल्टिमिडियाका तर्फबाट मुकुन्द ढुंगाना र  पत्रकार अनिल अधिकारिले  सहजिकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१