दलित युवासँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०८०, बिहीबार ११:१६

बारा | दलित युवासँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टाछुट्टै पारी हत्यास्थलबाट ५० मिटर दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । प्रहरीको अनुसन्धान जारी राखेको थियो । पाँच महिनापछि अर्थात् करिब २० दिनअघि मात्रै शवको पहिचान भएको बारा प्रहरीले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१