भिजिट भिसामा विदेश जान नयाँ नियम लागु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०८०, बुधबार १३:२७

काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ ।अध्यागमन विभागले भिजिट भिसामा विदेश भ्रमण गर्दा कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने जनाएको छ।साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ ।

५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने, युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ।

६ बुँदे नियमसँगै ट्राभल एडभाइजरी पनि जारी गरिएको छ । त्यसमा के-के गर्ने, के-के नगर्ने कुराहरु उल्लेख छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१