मनिष दाहाल
रेखा थापा,जुन नाम बच्चा,तन्देरी,वृद्ध सबैलाई थाहा छ । करिब १ दशक देखी नेपाली रजतपटमा एकछत्र राज गर्दै आएकी नायिका रेखा थापा नेपाली चलचित्रनगरिकै एक सफल नायिकाको रुपमा चिनिन्छिन् । करिब २०० भन्दा बढि नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका रेखा थापा लाखौं दर्शकको ढुकढुकी बनेसकेकी छिन् ।
चलचित्रक्षेत्रमा उनी सगैं वा उनी भन्दा अगाडी धेरै नायिका भित्रिए,धेरै नायिका यसक्षेत्रबाट पलायन भए,कति यसक्षेत्रमा अझै छन् तर रेखा जस्तो सफल नायिका बन्न भने अहिले सम्म कसैको हिम्मत जुटेको छैन् । उनको मुहार चलचित्रमा देखाउन पाएँ पनि चलचित्रले राम्रै आम्दानी गर्छ भन्नेहरुको भिड पनि कम छैन् नेपालीरजतपटमा । उनलाई नायिकाको रुपमा चलचित्रमा खेलाउन धेरै निर्माताहरु मरिमेट्छन् तर रेखा केहि चलचित्रमा मात्र खेल्छिन् जुन चलचित्रले नेपाली समाजमा केहि सन्देश दिओस । रेखाका प्राय फिल्महरु नेपाली समाजमा केहि सन्देश दिने खाल्का छन्,जुन चलचित्रले नेपाली समाजमा केहि उदारणीय काम गरेका छन् । त्यसैले पनि रेखा पछिल्लो समय आवाज विहिनहरुको आवाज बोक्ने महिला पात्रको रुपमा पनि चिनिन्छिन् । हिम्मत बटुल्न नसक्नेहरुलाई रेखाको अभिनयले मात्र पनि हिम्मत जुटाउने काम गर्छ । रेखालाई सबैले एक सफल नायिकाको रुपमा चिनिएता पनि उनी एक सफल नायिका मात्र भने पक्कै होइनन् ।
उनी नायिका,निर्देशक निमात्री र लेखक पनि हुन् । उनले यतिका नाम त्यसै कमाएको भन्ने होइन,उनको कामले यि सबै चिजलाई पृष्टि गरिसकेको छ । उनी नायिकाको रुपमा चिनिदाँ चिनिदैं उनले चलचित्र निर्माण गर्न थालिन्, त्यसपछि भने उनले पहिलो पटक चलचित्र निर्माण निर्देशक,लेखक र नायिकाको रुपमा देखिएकी छिन् । उनले पहिलो पटक निर्देशक,र्निमात्री,लेखक र नायिकाको रुपमा चलचित्र हिम्मतवालीमा उनले देखाएको हिम्मतले साच्चै रेखा एक हिम्मतवाली महिला रैछिन् भन्ने पृष्टि गरेको छ । उनले यतिका सबै काम आफैंले गरेको देख्दा सायद जो कोहिलाई पनि अचम्म लाग्छ,तर त्यो काम रेखाले पुरा गरेर पृष्टि समेत गरिसकेकी छिन् । फुलपातीका दिन देखी प्रदर्शनमा रहेको चलचित्र हिम्मतवालीलाई रेखाले निर्माण,निर्देशक,लेखक र नायिकाको रुपमा सफल सावित गराउन सफल भएको छ । उनको अभिनयका फ्यानहरुले चलचित्र हिम्मतवाली हेरेपछि रेखालाई साच्चै तारिफ गरेका छन् ।
दुवै हात नभएका तर विभिन्न कामबाट गिनिज बुक देखी विश्व रेकर्ड समेत बनाइसकेका सुदर्शन गौतमलाई रेखाले चलचित्र हिम्मतवालीमा देखाउनु पनि रेखाको निकै ठुलो साहास रहेको बताइन्छ । चलचित्रमा आफैंले निर्देशन गर्नु,आफैं अभिनय गर्नु,अरु कलाकारलाई अभिनय सिकाउनु देखी सबै कुरा छायांकन स्थलमा गर्नु कम गाह्रो काम होइन तर ति सबै कुरालाई चिर्न रेखा सफल भईन । अब उनी एक सफल निर्देशक समेत बनिसकेकी छिन् । पहिलो पटक निर्देशक बनेकी रेखाले पहिलो चलचित्र हिम्मतवालीले आक्रमक व्यापार गरेपछि अब उनले अर्को चलचित्र रामप्यारी निर्माण गर्दैछिन् । चलचित्र रामप्यारीलाई पनि रेखा आफैं निर्देशन गर्ने बताइएको छ । चलचित्र रामप्यारीको छायांकन फागुनबाट सुरु हुनेछ ।
प्रतिक्रिया