धेरै मोबाइल चलाउँदा स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०८०, सोमबार १४:११

काठमाडौं । पछिल्लो समय कम्प्युटर तथा स्मार्टफोनको प्रयोग अत्यधिक बढेको छ । सूचना प्रविधिको तिव्रतर विकाशसँगै मोबाइल फोन अहिले आम मानिसको पनि अभिन्न साथी बनिसकेको छ । मोबाइल फोन हाम्रो जिवनशैली तथा दैनिकीसँग गाँसिइसकेको छ । जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस । साथै आजकल घरमा विभिन्न ब्रान्डका अत्याधुनिक प्रविधिजडित टेलिभिजनको स्थान उत्तिकै छ ।

ब्रिटेन, अमेरिका र स्विडेनमा भएको बैज्ञानिक अनुसन्धानका अनुसार मोबाइल फोनको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । ‘लगातार ४५ मिनेटभन्दा बढी मोबाइल चलाउने लत ले मानसिक समस्या निम्त्याउन सक्छ। यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ ।
आफ्नो स्मार्टफोनलाई लामो समयसम्म हेर्दा थकान, आँखा चिलाउने र सुख्खा हुने, आँखा धमिलो हुने र टाउको दुख्ने जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ। मोबाइल फोनको प्रयोगबाट हुने आँखाको समस्याले लामो समयसम्म समस्या निम्त्याउन सक्छ । एक रिपोर्टअनुसार स्मार्टफोनबाट निस्कने निलो बत्ती आँखा र रेटिनाका लागि खतरनाक हुनसक्छ किनभने यो कोर्निया र लेन्सले ब्लक गर्दैन । त्यसैले फोन नजिक राख्नु आँखाको लागि धेरै हानिकारक हुन सक्छ। लामो समयको लागि स्मार्टफोन प्रयोग गर्नबाट बच्न लगभग आँखा र फोनबीच १६ देखि १८ इन्चको दूरी कायम राख्नुहोस्।

यस्तै   फोनमा कुरा गर्दाको समयमा पनि गर्धन सिधा राख्नुपर्छ । गाडी चलाउँदै हुनुहुन्छ वा तपाइँको हात अन्य काममै व्यस्त छ भने तत्कालका लागि कसैलाई फोन गर्ने तथा फोन उठाउने काम नगर्नुहोस् । मोबाइलमा कुरा गर्नैपरेको छ तर हातले मोबाइल अठ्याउने फुर्सद छैन भने कान र कुमले मोबाइल फोन चेँपेर कुरा गर्नुको साटो एयरफोनको प्रयोग गर्नुहोस् । साथै लामो समयसम्म टाउको झुकाएर तथा कुपि्रएर च्याटिङ तथा मेसेजिङ गर्ने नगर्नुहोस् ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१