फर्सी खानुका फाइदै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०८०, सोमबार १४:०३

काठमाडौं । फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ।यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ ।
युएसडिए नेसनल न्युट्रिएन्टको अध्ययनअनुसार फर्सीको पातमा यति धेरै गुणहरू हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सरजस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने विज्ञहरूको भनाइ छ । २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्दत पुग्छ ।

यी हुन फर्सी खानुका फाइदा

१. १०० ग्राम फर्सीमा २५ क्यालोरी पाइन्छ । कार्बोहाइट्रेड ४.५ ग्राम, मोइस्ट्चर ९२.५ पाइन्छ ।
२. तौल घटाउन मद्दत गर्दछ ।
३. फर्सीको मुन्टामा भिटामिन ए पाइने भएकोले आँखालाई तेजिलो बनाउँछ ।
४. फर्सीमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ जसले, रगत धेरै बग्ने समस्यालाई कम गर्छ र हड्डीलाई मजबुत बनाउछ ।
५. फर्सीमा पाइने एन्टि-अक्सिडेन्टले हाम्रो शरीर संक्रमित हुनबाट बचाउँछ ।
६. फर्सीमा पाइने फाइबरले डाइजेशन हुनमा मद्दत गर्दछ ।
७. फर्सीमा पाइने बियाले डाइबिटिज बिरामीको सुगर लेबल कम गर्छ र कलेजोमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।
८. फर्सीमा पाइने भिटामिन-ए ले अनुहार चम्किलो बनाउछ र छालालाई स्वस्थ बनाउछ । ।
९. फर्सीको बियामा पर्याप्त मात्रामा जिङ्क पाइन्छ जसले रुघाखोकी लाग्नबाट बचाउछ ।
१०. फर्सीको बियाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
११. फर्सीमा भिटा क्यारोटिन पाइन्छ जसले, कोलोन क्यान्सर हुने संभावना कम गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१