मन्त्रीहरुसँग प्रचण्डको ब्रिफिङ, ‘टार्गेट पूरा नगरे मन्त्रिपरिषद् हेरफेर गर्छु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०८०, सोमबार ०७:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कारबाहीले थप गति लिन थालेको बताएका छन् । असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कामको गति बढाएको बताएका हुन् ।

सिंहदरबारका काम, मन्त्रालयको ब्रिफिङ र अवलोकनसँग सम्बन्धित काममा आफूले पनि थप सक्रियता बढाएको उनले बताए । उनले मन्त्रीहरुलाई टार्गेट दिएर काम पूरा नगरेर राम्रो हुँदैन भनेर निर्देशन दिएको समेत उनले बताए ।

‘अब पनि सरकारको कामले गति लिएन र मन्त्रालयहरुले आफ्नो जिम्मेवारीलाई ठीक ढङ्गले पूरा नगर्ने हो भने मन्त्रिमण्डल पुनर्गठन हुनसक्छ भन्ने कुरा मैले मन्त्रीज्यूहरुलाई भनेको पनि छु,’– उनले भने ।

साथै, उनले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे । संसद् अविधेशन सुरु भएलगतै सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक (टीआरसी) लाई निष्कर्षमा पुर्‍याइने उनले बताए ।

प्रधानमन्त्री दाहालले सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रियाको बाँकी काम टुङ्गो लगाइने स्पष्ट पारे । “सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ”, उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१