उपेन्द्रले गौर नरसंहार गरेर निर्मम हत्या गरेको सिके राउतको आरोप, तत्काल पक्राउ गर्न ध्यानाकार्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०८०, सोमबार ०७:०६

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बन्न मरिहत्ते गरेको टिप्पणी गरेका छन् ।

त्यहाँ घर पनि नभएको र त्यहाँको जनप्रतिनिधिसमेत नभएको मान्छे सप्तरी दंगा मचाउन आउन लागेको सिके राउतको आरोप छ । साथै, सिके राउतले जसपा अध्यक्ष यादवलाई ‘गौर नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेका मान्छे’ भनेका छन् ।

जसपा अध्यक्ष यादवले उपकुलपति र रजिस्टारलाई जबरजस्ती दवाब दिएर प्रमुख अतिथि बन्न खोजेको समेत आरोप लगाएका छन् । उपेन्द्रले तल्लोस्तरको राजनीति गरेको उनको टिप्पणी छ ।

२०६३÷६४ सालमा उपेन्द्रकै नेतृत्वमा सप्तरीमा दंगा, काटमार र बलात्कार जस्ता अपराध भएको उनको आरोप छ । उक्त घटनाको परिणामस्वरूप रैथाने, व्यापारी, मारवाडी, उद्योगी, शिक्षाविद्बु र द्धिजीवीहरु सप्तरीबाट पलायन हुन बाध्य भएको उनले बताएका छन् । उपेन्द्रले अझै पनि त्यही षड्यन्त्र गर्न खोजेको उनले बताएका छन् ।

शिलान्यासको नाममा उपेन्द्र यादव सप्तरीमा फेरि दंगा र अशान्ति फैलाउन आउन लागेको उनको आरोप छ । जसपाले गाउँ–गाउँमा लडाकु, बाँसका भाटा र हतियारहरू बनाएर राखेको उनको दाबी छ ।

सरकारले अविलम्ब गौर नरसंहारका प्रमुख योजनाकारलाई गिरफ्तार गरी सप्तरीमा शान्ति सुव्यस्था कायम गर्नुपर्ने उनको माग छ । साथै, जनमतका अध्यक्ष राउतले आफूलाई मन्त्री, प्रधानमन्त्री बन्नसमेत रहर नभएको बताएका छन् । प्रमुख अतिथि आफूलाई बन्ने रहर भएर विरोध नगरेको उनले बताए । कानुन बमोजिम प्रमुख अतिथि बनाइँदा आफूलाई कुनै आपत्ति नरहने उनले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१