लामिछाने र राई मुछिएका सहकारी घोटलासम्बन्धी अनुसन्धान सिआईबीले गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०८०, सोमबार ०७:०१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने भएको छ ।

सिआईबीले लामिछाने र राई जोडिएका सहकारी घोटलाको उपत्यका र उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा रहेका फाइल मगाएको छ ।

रवि र जीवीको समूहले पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

लामिछाने र राईविरुद्ध यसअघि सहकारी विभाग काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा समेत उजुरी परिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१