कब्जियतबाट यसरी छुटकारा पाउन सकिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०८०, आईतवार १३:३२

काठमाडौँ । कब्जियतका कारण पीडित व्यक्तिको पेट राम्रोसँग सफा हुन पाउँदैन । जसका कारण तल्लो आन्द्राले तरल पदार्थ सोस्न बढी समय लाग्छ, जसबाट सुख्खा र कडा मल जम्मा हुने क्रम बढ्दै जान्छ र उसलाइ मल त्याग गर्न कठिनाइ हुन्छ । कब्जियतको समस्या हुनेलाई राम्रोसँग दिसा हुँदैन, दिसा सुक्खा हुन्छ र थोरै मात्र बाहिर आउँछ । बिहान ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु नै कब्जियत हुनु हो। तर दैनिक दिसा भएर पनि दिसा खलाँस भएको महसुस नुहनु, पेट भारी हुनु पनि कब्जियत हो। यसलाई अर्को अर्थमा अपच पनि भनिन्छ। कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गंभिर समस्या निम्त्याउन सक्छ ।आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ । मल विसर्जनको नियमितता अत्यन्त कम भइ दैनिक एक पटकसम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, पानीको कम सेवन, शारीरिक श्रमको अभाव, गलत खानपान, वोसोयुक्त खानेकुराको सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत एक यस्तो स्थिति हो, जो पेट ठिक ढंगले सफा हुन पाउँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पीडा हुने गर्दछ ।

लक्षण
–ठीक ढंगले पेट सफा नहुनु
– दिसा नहुनु
– दिसा गर्दा समस्या हुनु
–दिसा गर्दा मलद्वारमा पीडा हुनु
– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु
–पेटमा दुखाई अनुभव हुनु
– टाउको दुख्नु वा वान्ता हुनु ।

किन हुन्छ कब्जियत ?
– खाने तालिका नियमित नहुनु
– बासी खानेकुरा सेवन
–शारीरिकरुपमा निष्कृय हुनु वा लामो समयसम्म विश्राम लिने बानी
– मानसिक तनाव
–अति चिल्लोचाप्लो एवं अपाच्य भोजनको सेवन
– पेटको कमजोरी
– पानी कम पिउनु
– खाना खाँदा धेरै पानी पिउनु
– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु

कब्जियतको  घरेलु विधी
कब्जियतका लागि धेरैले चूर्णको प्रयोग गर्दछन् जुन वास्तवमा सही तरिका होइन । कब्जियतको समस्याबाट पार पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले यसको कारण थाहा पाएर यसबाट बच्नुपर्छ । यसका साथै तपाईं चाँडै पेट सफा गर्नका लागि घरेलु उपाय र उपचार विधी अपनाउन सक्नुहुन्छ ।

१. सुत्नुअघि राती तातो दुधमा एक चम्चा घ्यू हालेर पिउनुहोस् । दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्नुहोस् । राती यो उपाय अपनाउँदा बिहान मज्जाले पेट सफा हुन्छ ।

२. तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ । एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर पिउनुहोस् । राती सुत्नुपूर्व यसो गर्दा भोली बिहान तपाईंको पेट हल्का हुन्छ ।

३. चार चम्चा सौफ एक गिलास पानीमा उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसलाई छानेर पिउनुहोस् । यसो गर्दा कब्जियतबाट राहत पाउनुहुनेछ ।
पुरानो कब्जियतका लागिः
२५ ग्राम किशमिशलाई रातभरी पानीमा भिजाउनुहोस् र नियमित बिहान सेवन गर्नुहोस् । जतिसुकै पुरानो कब्जियत भएपनि यसो गर्दा राहत पाइन्छ ।

तुरुन्त पेट सफा गर्नका लागि के खाने ?
बिहान खाली पेटमा स्याउ खाँदा यो रोगबाट चाँडै नै आराम मिल्छ ।

प्रत्येक दिन काँचो पालुङ्गोको रस दुई पटक पिउँदा केही दिनमा नै कब्जियत ठिक हुन्छ ।

कब्जियतबाट ग्रसित व्यक्तिले फलको अत्यधिक सेवन गर्नुपर्छ । मेवा, स्याउ, मौसम, नरिवल, सुन्तला, अंजिर, काँक्रो, गाजरलगायतका फलफूल खानुपर्छ ।

सागसब्जीको रस, ताजा फलफूलको रस, नरिवलको पानीले कब्जियतलाई निकै फाइदा पुर्याउँछ ।

कब्जियत ठिक गर्नका लागि आहारमा हरियो सागसब्जी र आँटाको रोटी समावेश गर्नुपर्छ ।

सुत्नुअघि तामाको भाँडामा पानी राख्नुहोस् र बिहान खाली पेटमा यो पिउनुहोस् र टहल्नका लागि निस्कनुहोस् । घर फर्किएपछि दिसा गर्न जानुहोस्, तपाईंको पेट पूर्ण रुपमा सफा हुन्छ ।
कब्जियतबाट छुटकारा पाउनका लागि प्रतिदिन तीनदेखि चार लिटर पानी पिउनुहोस् ।

आर्युबेदिक उपचार विधी

– त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– मनतातो दुध वा पानीमा हर्रा-बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

– पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

– स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१