बुढानिलकण्ठ नगर अस्पताल संचालन गर्ने ,आन्तरिक पूर्वाधार तयारी र जनशक्ति व्यवस्थापनको काम शुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०८०, बुधबार ०७:५२

काठमाण्डौ ।  निर्माण सम्पन्न भएर ठेकेदार कम्पनिले नगरपालिकालाई हस्तान्तरण गरेको बुढानिलकण्ठ नगर अस्पताल संचालन गर्ने नीतिगत बाटो खुलेको छ। बुढानिलकण्ठ नगरपालिकाको नगर सभाले  स्वास्थ्य ऐन पारित गरे संगै अस्पतालका आन्तरिक पूर्वाधार तयारी र जनशक्ति व्यवस्थापनको काम शुरु गरिएको छ।

२५ सैयाको सो नगर अस्पताल संचालनका लागि बनाइएको ऐनमा स्वास्थ्य व्यवस्थापन तथा अनुगमन समिति रहने उल्लेख गरिएको छ। नगरपालिकाका प्रमुख अध्यक्ष रहने सो समितिमा विभिन्न क्षेत्रका ११ जना सदस्य रहनेछन। सो समितिले स्वास्थ्य संस्थाहरुको अनुमति र स्वीकृतिका परामर्श दिनेछ भने स्वास्थ्य संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण पनि गर्नेछ।

त्यस्तै सो ऐनका अनुसार नगर स्तरीय र मातहतका स्वास्थ्य संस्थाहरु बाट प्रदान गरिने सेवाको मापदण्ड र गुणस्तरको सुधार र सुनिस्चितताका लागि गुणस्तर सुधार तथा सुनिस्चितता समिति पनि गठन हुनेछ। नगर उपप्रमुखको अध्यक्षतामा बन्ने सो समितिमा ६ सदस्य रहनेछन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१