गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने पसल सिल गर्ने नगरप्रमुख रिसालको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०८०, बुधबार ०७:२६

काठमाडौं।  काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ।

नगरपालिका भित्र चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषद्यका रुपमा बिक्री वितरण हुने सुचना प्राप्त भएपछि औषधि पसलहरुलाई कारवाहीको चेतावनी दिएको हो।

नगर प्रमुख दीपक कुमार रिसालले एक सुचना जारी गर्दै चिकित्सकको सिफारिस बिना औषधि बिक्रिवितरण नगर्न सचेत गराएका छन्।
त्यस्ता औषधिको बिक्री वितरण गर्ने पसलहरुलाई कडा भन्दा कडा कारवाही गरि शिल गरिने जानकारी जारी सुचना मार्फत् नगरपालिकाले दिएको छ । साथै नगरपालिका भित्र सञ्चालित अस्पताल ,औषधि पसल,वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक औषधि पसलहरु अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता गरेर मात्रै चलाउनका लागि नगरपालिकाले अनुरोध समेत गरेको छ । बिना दर्ता सञ्चालित पसलहरुलाई कारवाही गरिने जारी सुचनामा उल्लेख छ ।

May be an image of ticket stub and text that says 'गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय संख्या: बलानी एमेत:gokameshwor2071@gmail.com मितिः२०5०/१०/०२ विपय: जानकारी सम्बन्धमा औपधी पसल तया क्लिनिकहर गोकर्णेश्वर नगरपालिका साथै प्रस्तुत विपयमा, नगरपालिका अन्तर्गत रहेका औपधी पसल तथा क्लिनिकहरुवाट चिकित्सकको सिफारिस मनोदिपक साइक्याट्रिक औपधीहरु लागु औपधको रुपमा विक्िवितरण भएको भएकोले लागु औपद् दुर्वेसन नियन्त्रण गर्न अपरिहार्य भएको सूचना प्रास भेटिएमा कानुन बमोजिमको कडा भन्दा कडा कारवाही गरिने औपधी किसिमका औपधीहरु विक्रवितरण जानकारी गराईन्द शिल नगरपालिका अन्तर्गत संचालनमा अस्पताल, औपघी पसल, किलनिक, वैकल्पिक चिकित्सा औपधी पसल नगरपालिका कार्यालयमा सूचिकृत गराई व्यावसाय दर्ता जानकारी गराइन्द अन्यया नियमानुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ मात्र संचालन कुमार रिसाल प्रमुख "सास्कृतिक परोहर सहितको समृद्ध'

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१