एकीकृत समाजवादीको सचिवालय बैठकमा भाँडभैलो, सरकारमै बस्ने की बाहिरिने विषयमा चर्काचर्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०८०, बुधबार ०७:१७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीमा सरकारमै रहने की बाहिरिने भन्ने विषयमा विवाद सुरु भएको छ । हिजो (सोमबार) बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, मन्त्रीद्वय प्रकाश ज्वाला र बेदुराम भुसालबाहेक अन्य नेताहरुले सरकारबाट बाहिरिनुपर्ने मत राखे । सरकारले जनचाहना अनुसार काम गर्न नसकेको, जनतालाई डेलिभरी दिन नसकेको र आफूहरुलाई गठबन्धन दलले समान व्यवहार नगरेको भन्दै पार्टीका सम्मानीत नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा लगायतले सरकारबाट बाहिरिनुपर्ने मत राखे ।

बैठकमा अध्यक्ष नेपालले भने अहिलेनै सरकारबाट बाहिरिन नहुने मत राखे । बरु सरकारलाई प्रभावकारी ढंगले कार्यसम्पान गर्नका लागि दवाब दिन सकिने उनले बताए । त्यस्तै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रीद्वय ज्वाल र भुसालको व्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१