कसरी बनाउने त घरमै तिलको लड्डु ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०८०, सोमबार ०७:५०

काठमाडौं। माघे संक्रान्ति नजिकिँदै गरेको कुरा हामीलाई अवगत नै छ। हामीले त्यो दिन खाने मिठो परिकारहरूको मज्जा त छुट्टै नै छ। हामीले यो दिन घ्यू, चाकु, तिलको लड्डु, तरुल, खिचडी र अन्य मिठा परिकारहरू खाने गर्छौ। यी मिठा परिकारहरू मध्ये घरमै सजिलो तरिकाले तिलको लड्डु कसरी बनाउने त जानौं :

चाहिने सामग्रीहरू :
१) १ कप तिलको दाना
२) गुड स्वाद अनुसार
४) अलैँचीको धुलो (इच्छा अनुसार )
३) बदमको धुलो र नरिवलको धुलो

बनाउने तरिका :

कराई वा प्यान तताउनुहोस् र यसमा १ कप तिल राख्नुहोस् । कम तापमा नै ३/४ मिनेट यसलाई पकाउनु होस्।
३/४ मिनेट मज्जाले तिललाई भुट्नुस् । ध्यान राख्नुहोस् कि तिल धेरै कालो नहोस्।
अब बदामको धुलो र नरिवलको धुलोलाई भुटिएको तिलसँग मज्जाले मिसाउनु होस। (याद राखौं, मिसाउनु अघि भुटेको तिललाई मज्जाले चिसो हुन दिनु पर्छ।)
त्यसपछि अलैंचीको धुलो पनि मिसाईदिनु होस्।
अब यो मिश्रणलाई झिकेर अर्को प्लेटमा राख्नु होस्।
अब आधा कप धूलो गुड वा पिसेको गुड लिनुहोस्। यसलाई प्यानमा राख्नुहोस् र ३ ठुलो चम्चाले पानी हाल्दिनुहोस्।
सानो तापमा प्यान बसाल्नुहोस् र बिस्तारै गुड पानीमा मज्जाले मिसाउनुहोस्। तपाईंले गुडको घोलमा नरम बलको चरणमा नआएसम्म पकाउन जारी राख्नुपर्छ। गुडलाई निरन्तर चलाईरहनुहोस्।
अब भने आगो बन्द गर्नु होस् र अघिको मिश्रणलाई गुडसँगै मिसाईदिनुहोस् । अनि मज्जाले मिसिनेगरी मोल्नुहोस्।
त्यो मिश्रण तातो छदाँ नै हातमा राखेर लड्डुको आकार बनाउन सुरु गर्नुहोस्। यदि धेरै नै तातो छ भने, एक मिनेट पर्खनुहोस् र त्यसपछि लड्डु बनाउनुहोस्।
अब भने तिलको लड्डु तयार भएको छ।

तिलको लड्डुले स्वास्थ्यलाई फाईदा पनि गर्दछ । यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ । सख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१