प्राकृतिक चिकित्साअनुसार कस्तो जीवनशैली अपनाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०८०, शनिबार १७:२४

डा. पुकार लोहनी

काठमाडौँ, २० पुस । हिजोआज भविष्य सुरक्षित र राम्रो बनाउनुपर्छ भनेर भागदौडपूर्ण जीवन बिताइरहेका छौँ । जीवन सहज बनाउने दौडमा हामीले हाम्रो जीवनशैली नै अस्तव्यस्त बनाइरहेका छौँ ।

हिजोआज प्रायःको दैनिकी अस्तव्यस्त, खाने, उठ्ने, सुत्ने, काम गर्ने, आराम गर्ने, व्यायाम गर्ने समयको टुङ्गो नभई बित्छ । यही अस्तव्यस्त जीवनशैलीका कारण अहिले संसारमा विभिन्न रोगहरू देखा पर्ने गरेका छन् । जुन एक पटक उत्पन्न भएपछि कहिल्यै निको नहुने गरी मानिसको स्वास्थ्यलाई कब्जा गर्छन् ।

रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रूपमै बलियो, निरोगी, तन्दुरुस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम उपाय हो । त्यसैले प्राकृतिक चिकित्साअनुसारको जीवनशैली नै उत्तम जीवन हो । प्राकृतिक चिकित्साअनुसारको जीवनशैली अपनाउन निम्न कुरामा ध्यान दिन प्राकृतिक चिकित्सक डा। पुकार लोहनी सुझाव दिन्छन् ।

– बिहान सूर्योदय अघि नै उठी उषापान ९मनतातो पानी सेवन० गर्ने र उषापान गर्दा गिलासमा पानी राखी मुख कुल्ला नगरी बसेर बिस्तारै पानी पिउने र शौच जानुपर्छ

– दैनिक समयमै उठ्ने

– बिहानको समय शारीरिक व्यायामको लागि छुट्याउने र करिब आधा घण्टा दैनिक व्यायाम गर्ने

– गुलियो पेय पदार्थको सेवन घटाउने । पानीको मात्रा बढाउने, चिल्लो रहित दूध पिउने तर गुलिया खालका सोडा अथवा अन्य पेय पदार्थ नपिउने

– दैनिक खाने खानामा पौष्टिक तत्त्वले भरिपूर्ण हुनुपर्छ

– फलफूल र तरकारी अन्नको तुलनामा बढी खाने । एक दिनमा कम्तीमा ५ पटक फलफूल वा हरियो सागपातयुक्त तरकारी खानुपर्छ । विभिन्न रङ्गहरूयुक्त फलफूल र तरकारीले बलियो र स्वस्थ बनाउँछ

– उपयुक्त र पर्याप्त निदाउनुपर्छ

– खराब आदत र कुलत त्याग्नुपर्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१