नेकपा एमाले बुढानिलकण्ठ -६ को अध्यक्षमा प्रशान्त डंगोल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०८०, शुक्रबार ०८:०७

काठमाण्डौ । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रशान्त डंगोल भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको पान चोक सामुदायिक भवनमा भएको अधिवेसनबाट डंगोल अध्यक्षमा निर्वाचित भएका हुन्।

सो अधिवेसनबाट नेकपा एमाले वडा नं ६ कमिटीको उपाध्यक्षमा राज कुमार श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा मुना महर्जन चयन भएकी छन।

कमिटीको उप सचिवमा बसन्त तामाङ र रन्जु कार्कीलाई चयन गरेको सो अधिवेसनबाट सदस्यहरुमा रामभक्त श्रेष्ठ ,कुबेर प्रसाद निरौला ,लक्ष्मण महर्जन ,रिकेश महर्जन ,माधव खड्का ,राममाया केसी ,चिना देवी खत्री ,रेणु खड्का ,सजनी डंगोल र चतुरे नगरकोटी निर्वाचित भएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१