माघ १ गते हुने तारेभिर महोत्सवको तयारी तीव्र,आज कविता महोत्सव हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०८०, शुक्रबार ०७:२३

काठमाण्डौ । माघ १ गते हुने दशौ तारेभिर महोत्सवको तयारीलाई तीव्र पारिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा हुने महोत्सवको तयारी र प्रचारका लागि आज कविता महोसव आयोजना गरिएको छ।

कविता महोत्सवका लागि कार्यक्रमस्थल तारेभिरमा पुग्ने बस चुच्चेपाटीबाट दिउँसो ११ बजे छुट्ने र जोरपाटीमा ११: १५ बजे पुग्ने आयोजकले जानकारी दिएको छ।
माघ १ गते संचालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै मूल व्यवस्थापन समितिले सहभागिताका लागि सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को गोकर्ण र बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठबाट सहज रुपमा पुग्न सकिने तारेभिरमा हुने सो महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१