सिटौलाको उम्मेदवारीबारे पार्टीमा मतभेद छैन: महामन्त्री शर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०८०, शुक्रबार ०७:१८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताएका छन् । बिर्तामोडमा आज सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिएको बताए ।

महामन्त्री शर्माले आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–१ बाट उम्मेदवार बनेका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको बताए । “उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ । यस विषयमा पार्टीमा मतभेद छैन”, उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१