आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०८०, शुक्रबार ०७:१३

काठमाडौं । आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । शाहले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०२औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१