बुढानीलकण्ठ कृषि शाखाले ५०% अनुदानमा जैविक विषादी वितरण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८०, बुधबार ०७:१५

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व.०८०/८१ को स्वीकृत आन्तरिक कार्यक्रम अनुसार व्यवसायिक तरकारी खेती गर्ने कृषक र कौसी खेती गर्ने कृषक समूहको लागि ५० प्रतिशत अनुदानमा रोग किरा व्यवस्थापन गर्न जैविक विषादी वितरण कार्यक्रम रहेको हुनाले आवश्यक कागजात सहित माघ ०७ गते सम्म कृषि विकास शाखामा आवेदन दिनुहुन सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरु:
१. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
२. निजी कृषि फार्म/कृषक समूह/कृषि सहकारीले व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्रको प्रतिनिपि ।
विस्तृत जानकारीको लागि मोवाईल नं. ९८६९४१४९४३, ९८४११५०१९६, ९८४३५०४०४९,
९८४००३१०७० मा सम्पर्क गर्नुहुन अनुरोध छ।

बुढानीलकण्ठले ५०% अनुदानमा जैविक विषादी वितरण गर्ने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१