नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८०, बुधबार ०६:४०

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ। मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राधिकरणका अध्यक्षको राजीनामा स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने र तत्कालका लागि प्राधिकरण सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको बताउनुभयो ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमिततामा संलग्न भएको आरोप लागेपछि प्राधिकरणका अध्यक्षले आज पदबाट राजीनामा दिनुभएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१