राष्ट्रियसभा सदस्य निर्वाचन: नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८०, बुधबार ०६:३४

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चसम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सुदूरपश्चिमबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।

आज र भोलि उजुरीउपर जाँचबुझगरी उम्मेदवारीको नामावली प्रकाशन तथा पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१