बुढानीलकण्ठबाट यसरी पक्राउ परे आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने बम्जन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८०, बुधबार ०६:२७

बुढानीलकण्ठ । आफूलाई लिटल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई काठमाडौँको बुढानीलकण्ठबाट १८ दिनको रेकी पछि मंगलबार पक्राउ गरेको हो ।

सीआईबीका अधिकारीहरूका अनुसार उनी पछिल्लो समयमा काठमाडौँमा आएको सूचना पाएको थियो । त्यसपछि सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा २५ जनाको टोलीले खोजी गरेर पक्राउ गरेको हो ।

उनलाई निकै मिहिनेतपछि पक्राउ गर्न सफल भएको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । बम्जनले आफूलाई काठमाडौँमा खोजिरहेको थाहा पाएका थिए । सोही कारण उनी लुकेर बसेको घरबाट बाहिर निस्किएका थिएनन् । प्रहरी सर्च अपरेसन गरेपछि बम्जन दुई तल्लाबाट हाम फाल्न खोजेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।

 

बम्जन विरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए ।

सीआईबीले पछिल्लो समय बम्जनको आश्रममा २०७७ साल पुस महिनामा अपरेसन चलाएको थियो । तर त्यहाँबाट उनी भागेका थिए । पक्राउपछि उनलाई ब्यूरोको कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१