तिलक बस्नेत र शान्तिश्री परियारको आवाजमा सजिएको “छाति चरर”सार्वजानिक (भिडियो सहित)

evccfn@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार २१:२८

काठमाडौं । गीत संगीत मार्फत आम दर्शकलाई मनोरन्जन दिने र सामाजिक जनचेतना फैलाउने कार्यमा निकै पोख्त मानिएका गायक तिलक बस्नेत र चर्चित तथा लोक प्रिय गायीका शान्तिश्री परियारको आवाजमा सजिएको गीत “छाति चरर”बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।
युट्युब मार्फत सार्वजानिक हुनु अगाडीनै फेसबुक रिल तथा टिकटक जस्ता सामाजिक सन्जालमा भाईरल भएको यो गीतको शव्द तिलक बस्नेत र रामप्रसाद सापकोटाको हो ।
गीतमा लोकप्रिय गायीका शान्तिश्री परियार र गायक तिलक बस्नेतको आवाज रहेको छ भने एरेन्ज रमेश सेन्चुरी,रेकर्ड समिर कार्की,मिक्सिङ नरेन्द्र वियोगी,छायांकनमा नवराज उप्रेती,श्रृंगार विमला तामाङ,आईटी सपोर्ट राजेन्द्र अर्याल,कथा तथा निर्देशन विशाल घिमिरेको रहेको छ ।
गीतको भिडियोमा रोशनी कार्की,विराज बास्कोटा र कृष्ण बस्नेतको मुख्य अभिनय रहेको छ ।
गीत वेभ स्टुडीयोमा रेकर्ड गरिएको हो ।गीत विराज बास्कोटा अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्वजानिक गरिएको छ ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१